२०८३ वैशाख ४ , शुक्रबार

वार्षिकोत्सबमा सेन्चुरी बैंकको नवजीवनलाई खाद्यान्न सहयोग



    सेन्चुरी वैंकले असहाय बालवालिकाहरुलाई खाद्यान्न वितरण गरेको छ। बैंकका कर्णाली प्रदेश प्रमुख धर्मराज श्रेष्ठले नवजीवन बाल संरक्षण केन्द्रलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हाे।
बैंककाे ११ अाैं वार्षिकाेत्सवकाे अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थालाई सहयोग गरिएको हाे।
बिहीबार २० वाेरा चामल र १ वाेरा दाल लिएर प्रदेश प्रमुख धर्मराज श्रेष्ठ र बैंकका वीरेन्द्रनगरका शाखा प्रवन्धक बिष्णु ज्ञवाली संस्थाकाे कार्यालय रहेको वीरेन्द्रनगर वडा नं १० मा पुगेका थिए।
प्रबन्धक ज्ञवालीले यसअघि पनि नेवारेकाे अमरज्याेति माध्यमिक विद्यालय, अानन्द मावि दिपनगर लगायतका विद्यालयलाई सहयोग गरेकाे जनाए।
असहाय बालबालिकाकाे संरक्षण गर्ने उद्देश्य लिएर सुर्खेतमा सेवा गरिरहेकाे नवजीवन संस्थाकाे स्थापना २०५४ सालमा काठमाडौंमा भएको थियाे। यसको संस्थापक अध्यक्ष माेहनदास गुरुङ थिए। बाबू अामा नभएका, अपांग, अशक्त/असहाय र दिनदुखी बालवालिकाहरुकाे उद्धार र उनीहरुको लागि शिक्षादीक्षा गराईरहेकाे संस्थाले जनाएको छ।
संस्थाका सुर्खेत स्थित कार्यकारी निर्देशक सिर्जना गुरुङले सुर्खेतमा ४० जना असहाय बालवालिकाहरुलाई संरक्षण गरिरहेकाे जानकारी दिईन। संस्थाले कर्णाली प्रदेश, कैलाली, बाजुरा र रामेछापमा बालसंरक्षण अभियान चलाईरहेकाे उनको भनाइ छ।

प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार