२०८३ वैशाख ४ , शुक्रबार

श्राेत संरक्षणका लागि भिएसओकाे आर्थिक सहयोग



   राष्ट्रिय कृषक समूह महासंघ नेपालले भिएसओको श्रोत साझेदारीमा प्रयास परियोजना अन्तर्गत पर्यावरणीय कृषि प्रणाली प्रवर्द्धन कार्यक्रम मार्फत २ लाख ५० हजार सहयोग गरेको छ।
लेकवेशी नगरपालिका वडा नं १०, राउटारमा पानीकाे श्रोत संरक्षण गरी, पोखरीमा पानी जम्मा गराई १५ देखि २० घरधुरीकोलागि सिंचाईकाे सुविधा पुर्‍याउने छ। यसका लागि श्री सृजना मिश्रित तरकारी बाली विकास समूहसंग सहकार्य गरी निर्माण कार्य अघि बढाईएकाे छ।
राष्ट्रिय कृषक समूह महासंघले कार्यक्रम मार्फत उक्त योजनाको लागि सहयोग उपलब्ध  गराएकाे छ। कार्यक्रम सम्पन्न गर्न लेकवेशी नगरपालिकाबाट सहयोगकाे प्रतिवद्धता प्राप्त भएको भिएसओका कार्यक्रम संयोजक राेशना श्रेष्ठले जानकारी दिए।
यसैगरी, कृषक समूहसंग सम्झौता पश्चात निर्माण समितिलाई श्रोत व्यवस्थापन विषयक तालिमसमेत प्रदान गरिएको थियो । तालिममा लेकवेशी नगरपालिकाका टिकाराम आचार्यले पानीको श्रोत व्यवस्थापन र  निर्माणमा हुने इस्टिमेटकाे बारेमा जानकारी गराएका थिए।
प्राविधिकहरुले कति मात्रामा ढुङ्गा, गिटी बालुवा र सिमेन्ट हुनुपर्छ भन्ने जानकारी गराउदै निर्माण पश्चात ल्याब टेस्ट नगरपालिकाबाट हुने र गुणस्तर भएमा मात्र स्वीकृत हुने सरकारी प्रावधान रहेको वारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार