नेपाल उत्पीडित जातिय मुक्ति समाजकाे वीरेन्द्रनगर वडा नं १० काे भेलाले पूर्णबहादुर चुनाराकाे अध्यक्षतामा एक कमिटी गठन गरेको छ।
वीरेन्द्रनगरकाे घुस्रामा भएको भेलाले उपाध्यक्षमा रामकुमारी सुनार,सचिवमा सन्ध्या परियार,सहसचिवमा शेरवहादुर नेपाली र यामबहादुर विक चयनसहितकाे २५ सदस्यीय वडा कमिटी गठन भएको छ ।
भेलालाई ने क पा ( एमाले ) जिल्ला कमिटी अध्यक्ष अमृत विसी, प्रदेश कमिटी सदस्य एवम् मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण सुनार, सुर्खेत जिल्ला कमिटी सदस्य लक्ष्मी विक, वीरेन्द्रनगर कमिटीका अध्यक्ष निलकण्ठ खनाल र एमाले वीरेन्द्रनगर वडा नं १० का अध्यक्ष लक्ष्मी शाहीले भेला सफलताको शुभकामना दिएका थिए।
सहबिर सुनारकाे अध्यक्षतामा भएको कार्यक्रममा वडाका १ सय ५० वढिकाे उपस्थिति रहेकाे मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण सुनारले जानकारी दिए।
वीरेन्द्रनगरका ३ वटा वडामा मुक्ति समाजकाे कमिटी गठन भएको र हप्ता दश दिन भित्रै नगरका १६ अैं वडामा कमिटी गठन गरिसक्ने सुनारले जानकारी दिए। टाेलटाेलमा मुक्ति समाजकाे कमिटी गठन गर्ने याेजना वनाएकाे उनलेे वताए।
प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार