२०८३ वैशाख ५ , शनिबार

शेखर टिमले जित्ने निश्चित भएपछि कांग्रेस निकट दलित संघकाे अधिवेशन स्थगित



   नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल दलित संघमा विवाद देखिएको छ।
संस्थापन ईतर (शेखर काेईराला) समूहले निर्वाचन जित्ने निश्चित भएपछि संस्थापन समूह (देउवा पक्ष) ले संघकाे कर्णाली प्रदेश अधिवेशन राेकेकाे आराेप लगाईएकाे छ।
कर्णाली प्रदेश अध्यक्षका प्रत्यासी सन्जुसिं विश्वकर्मा, संघका अध्यक्षहरु दैलेख जिल्ला दिपक विक, जुम्लाका अमरसिंह सुनार, सल्यानका चक्र परियार, डाेल्पाका लक्ष्मीचन्द्र सार्की, हुम्लाका रतन सुनार, कालिकोटका निलाे तिरुवा, रुकुम पश्चिमका परवीर ददेल, मुगुका वाकीलाल परियार र सुर्खेतका भीमबहादुर परियारले एक विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगन गरिएको प्रती विरोध जनाएका छन।
उनीहरूले अधिवेशन स्थगित हुँदा प्रदेश तहकाे संगठन विस्तारमा वाधा पुग्ने भएकोले यथासिघ्र निर्वाचन प्रकृया अघि बढाउन माग गरेका छन्। उम्मेदवारी दर्ता भै चुनावी प्रतिस्पर्धासमेत अघि वढिसकेकाे भन्दै आफ्नाे पक्षमा निर्वाचन परिणाम नआउने पूर्वानुमानका आधारमा १० ओटै जिल्लावाट आएका प्रतिनिधिहरुकाे भावना विपरीत निर्वाचन अधिकृतलाई थाहै नदिई केन्द्रीय प्रतिनिधि दिपक साेनीले बन्द काेठावाट सूचना टास गरेको उनीहरूले आराेप लगाएका हुन।
विज्ञप्तिमा पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि मानवहादुर नेपालीकाे भूमिका प्रती पनि विरोध जनाईएकाे छ। निर्वाचन कार्यक्रम सार्वजनिक भएपछि संस्थापनवाट अध्यक्षमा भगे कामी र सचिवमा भीम तिरुवाले उम्मेदवारी दर्ता गरेका थिए भने संस्थापन ईतरवाट अध्यक्षमा सन्जुसिं विश्वकर्मा र सचिवमा प्रवीन दलेलले दर्ता गरेका थिए।

प्रकाशित मिति : २०७८ फागुन २९ गते आइतबार