२०८३ वैशाख २६ , शनिबार

वली र थापा युवा पत्रकारिता पुरस्कारवाट सम्मानित



सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका दुई पत्रकार यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
रेडियो जागरण एफएम सुर्खेतका स्टेशन म्यानेजर दिपेन्द्र वली र लोकान्तर अनलाइन लगायतका मिडियामा काम गर्दै आएका शेरबहादुर थापा उक्त पुरस्कारबाट सम्मानित भएका हुन् । दुवै जना विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन ।
प्रेस काउन्सिल नेपालको ५१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले उक्त पुरस्कारबाट सम्मान गरेका थिए।

प्रकाशित मिति : २०७७ असोज ६ गते मंगलबार