२०८३ वैशाख ५ , शनिबार

एमाले दैलेखको अध्यक्षमा रवीन्द्र शर्मा



        नेकपा एमाले दैलेखकाे अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् । यसअघि भएको निर्वाचनमा मतदाता संख्या भन्दा धेरै मत भेटिएपछि निर्वाचन रद्ध गरिएको थियाे।
एमाले केन्द्रकाे निर्देशन बमोजिम पुनः अधिवेशन गरेको दैलेखमा नेतृत्व चयनका लागि बुधबार भएकाे निर्वाचनबाट शर्मा दाेस्राे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
शर्माले ४ सय १४ मत ल्याउदा अर्का उम्मेद्वार सूर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा ४ सय ५९ मत प्राप्तगरी प्रेमबहादुर बुढा विजयी भएका छन्।  उनका प्रतिद्वन्दी टाेप विसीले १ सय ९६ मत प्राप्त गरे ।
सचिवमा तिलकप्रसाद रिजाल विजय बने।  रिजालले ३ सय ६५ मत प्राप्त गरेभने अर्का उम्मेदवार रूद्र शाहीले ३ सय २ मत प्राप्त गरेका छन् ।
उपसचिवमा कलावती न्याैपाने र गंगाराम दाहाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ चैत २ गते बुधबार