२०८३ वैशाख ५ , शनिबार

फेरि बढ्याे पेट्रोलियमकाे मूल्य, पेट्रोलकाे १ सय ५५ प्रतिलिटर



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान दरमा रु ५  बढाएको छ।

बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ५५ रूपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १ सय ३८ कायम गरिएको छ।
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १ सय ५१ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाे लिटर २ सय डलरले वृद्धि भएको छ।
यस्तै, एलपी ग्यासको मूल्य पनि बढाइएको छ। बढेको मूल्य अब प्रतिसिलिन्डर १ हजार ५ सय ७५ पुगेको छ।

प्रकाशित मिति : २०७८ चैत २ गते बुधबार