२०८३ वैशाख ५ , शनिबार

बलात्कार आराेपित सांसद बानियाँ घराैटीमा रिहा



     जिल्ला अदालत वाँकेले प्रतिनिधि सभाका सांसद माेहन बाँनियालाई ५ लाख धराैटीमा रिहाइ गरेको छ।
बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफुमाथि वलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । उनले नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर सांसद बानियाले बलात्कार गरेको जाहेरीमा उल्लेख थियाे।
प्रहरीले खाेजतलास गर्न थालेपछि सांसद बाँनिया आफै गिरफ्तारी दिन नेपालगन्ज जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियाे।
आज अदालतवाट घराैटीमा रिहा भएका बानियाँले खवरदृष्टिलाई प्रतिकृया दिदै आफु निर्दाेष भएको र राजनीतिक उद्देश्यले आफुलाई फसाउन ठूलो प्रपन्च रचिएको वताए। समग्र कर्णाली प्रदेशमै आफ्नाे राजनीतिक उचाइ देखेर अत्तालिएकाहरुले जतिसुकै हर्कद गरेपनि आफुमाथि लागेको आराेप प्रमाणित नहुने उनलेे ठाेकुवा गरे।
जुम्ला निवासी ती महिलाले गत माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा सांसद बानियाँले बलात्कार गरेको भन्दै मुद्दा दर्ता गरेकी थिईन।

प्रकाशित मिति : २०७८ चैत २ गते बुधबार