कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपा माओवादीका चर्चित नेता ठम्मर बिष्टले कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छाेडेकाे सनाखत गरेका छन्। उनले अपरान्ह ५ वजे सनाखत गरेका हुन।
बिष्टले केही दिन अघि आफ्नाे राजीनामा कर्णाली प्रदेश सभामा ईमेल मार्फत दर्ता गरेका थिए। काठमाडौंमा रहेका विष्ट बुधबार सुर्खेत आईपुगेका हुन। हिजाे बिहीवार सुर्खेत आईपुगेका बिष्ट आज सभामुख समक्ष पुगेर सनाखत गरेका हुन।
नेपालकाे संविधानकाे धारा १८० काे (क) मा प्रदेश सभा सदस्यकाे स्थान रिक्त हुने उल्लेख छ। उक्त उपधारामा निजले प्रदेश सभाकाे सभामुख समक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ।
सभामुख शाहीले कार्यकक्षमा ठम्मर बिष्टलाई सकभर राजीनामा दिन आग्रह गरेका थिए। तर बिष्टले जति दिन बसिन्छ, त्यसले राज्यलाई घाटा नै हुने देखेर राजीनामा गरेको बताए।
हिजाे नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकाे वैठकले बिष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिएकाे थियाे।
एमसीसी पास गर्ने पार्टीको निर्णयकाे खिलाफमा रहेका बिष्टले आगामी दिनमा कसरी अगाडि वढ्ने भन्ने वारेमा आफु निकटहरुसंग सल्लाह सुरु गरेका छन्।
प्रकाशित मिति : २०७८ चैत ४ गते शुक्रबार