२०८३ वैशाख ५ , शनिबार

फागुन महिनामा बैंकिङ तरलतामा केही सहज, बैंकहरुकाे लगानी सुरु



        बैंकिङ क्षेत्रमा केही सुधारकाे संकेत देखिएको छ। तरलताकाे अभाव झेल्दै आएका वाणिज्य बैंकहरूले फागुन महिनामा करीब २२ अर्ब रूपैयाँ निक्षेप थपेका छन् ।  कर्जा प्रवाह भने निक्षेपको तुलनामा ५ अर्बले घटेको छ । याे अवधिमा १७ अर्व कर्जा प्रवाह भएको छ।
बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार फागुन महिनामा २१ अर्ब ६६ करोड रूपैयाँ निक्षेप संकलन भएको छ । फागुन महिनामा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । यो बैंकले एक महिनामा ४ अर्ब ८१ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ।
चालू आर्थिक वर्षको फागुनसम्ममा बैंकहरूको निक्षेप संकलन १ खर्ब ३१ अर्ब रूपैयाँ हुन पुगेको छ । यो अवधिसम्ममा सबैभन्दा बढी निक्षेप संकलन नबिल बैंकले २१ अर्ब ६७ करोड रूपैयाँ गरेको छ ।

    फागुनकाे महिनामा सबैभन्दा बढी कर्जा विस्तार गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले ७ अर्ब ७ करोड रूपैयाँ कर्जा प्रदान गरेको छ। याे महिनामा संकलन गरेको निक्षेप भने ३ अर्ब ३ करोड रूपैयाँ मात्रै छ ।

प्रकाशित मिति : २०७८ चैत ४ गते शुक्रबार