प्रगतिशील लेखक संघ सुर्खेतको आयोजनामा १४औं जिल्ला सम्मेलन तथा १ सय ९२औं साहित्य यात्रा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय सचिव प्रकाश थापाले प्रगतिशील लेखक संघ खिचडी नभई स्पष्ट माक्सवादी विचार तथा दृष्टिकोणअनुसार समाज रूपान्तरण गर्न अगाडि बढेकाे साझा संस्था भएको दाबी गरे। समन्वय र सहकार्य गराउॅदै अरूको विचार सुन्न र मनन् गर्न सिकाउँने संस्था भएकाे उल्लेख गर्दै थापाले यसले देश र जनताको हित, उन्नति, प्रगतिको पक्षमा रहेकाहरुकाे विचार र व्यवहारको समर्थन गर्ने ठाेकुवा गरे।
सम्मेलनलाई हिमाली पुस्तकालयका पूर्व अध्यक्ष तुलाराम तिवारी, वाङमय चौतारीका अध्यक्ष गणेश गौतम,प्रलेस कर्णाली उपाध्यक्ष युद्धविक्रम शाही,बुद्धिजीवी परिषद केन्द्रीय सदस्य विष्णुप्रसाद गौतम, लघुकथा समाज कर्णाली प्रदेशका अध्यक्ष मणिकुमार पोखरेल,प्रलेस केन्द्रीय सदस्य डा. दीपक गौतम,प्रलेस कर्णाली प्रदेश अध्यक्ष गिरीप्रसाद बुढा,जिल्ला अध्यक्ष जगत वाशिष्ठ र लीलाधर गौतमलगायतले शुभकामना दिएका थिए।
उक्त सम्मेलनको साहित्य यात्रामा भक्तबहादुर मिजार, रगवीर विश्वकर्मा,समीक्षा नेपाल,खुमन अधिकारी,प्रकाश वराल,रमेश सुनारलगायतले आ-आफ्नो रचना गीत, गजल, कविताहरू प्रस्तुत गरेका थिए ।
यसैबीच, जागेश्वर नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति चयन गर्दै संघकाे जिल्ला सम्मेलन सम्पन्न भएको छ।
प्रकाशित मिति : २०७८ चैत ४ गते शुक्रबार