२०८३ वैशाख ५ , शनिबार

माओवादी त्यागेका कर्णालीका चर्चित नेता ठम्मर बिष्ट एमाले प्रवेश गर्दै, एमाले उपाध्यक्ष पाेखरेलले स्वागत गर्ने



       अन्तत: नेकपा माओवादी केन्द्र र प्रदेश सभा सदस्यसमेत त्यागेर बसेका सुर्खेतका चर्चित नेता ठम्मर बिष्टले नेकपा एमाले राेज्ने पक्का भएको छ।
नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पाेखरेलले सुर्खेतकाे वीरेन्द्रनगरमा भाेली आयाेजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टी प्रवेश गराउने निश्चित भएको एमाले श्राेतले जानकारी दियाे।
भाेली हुने कार्यक्रममा बिष्टसंगै नेकपा माओवादी केन्द्रका जिल्ला तहका नेताहरुसमेत प्रवेश गर्ने तय भएको श्राेतले जानकारी दियाे। माओवादी वाहेक अन्य पार्टीका प्रभावशाली व्यक्तिहरु पनि एमाले प्रवेश गराउने कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ ।
बिष्टकाे एमाले प्रवेश लगत्तै सुर्खेतकाे पूर्वी क्षेत्रमा उनलेे एमालेकाे तर्फवाट स्थानीय तहकाे चुनावी अभियानकाे कमान्ड गर्ने र माओवादी पार्टीका स्थानीय कमिटीहरु एमालेमा मर्ज गरिने वताईएकाे छ।
शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छाेडेकाे सनाखत गरेका बिष्ट एमाले आउने चर्चा धेरै अघिदेखि चलेको थियाे। तर, यति छिट्टै पार्टी प्रवेश गर्छन भन्ने वारेमा धेरैले अनुमान गरेका थिएनन्।
बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकाे वैठकले बिष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिए पनि उनलेे उक्त निर्देशन अस्वीकार गरेका थिए।

प्रकाशित मिति : २०७८ चैत ५ गते शनिबार