२०८३ वैशाख ५ , शनिबार

प्रचण्डकाे ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति असफल पार्याै: एमाले उपाध्यक्ष पाेखरेल



    नेकपा एमालेका बरिस्ठ नेता ईश्वर पाेखरेलले ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड रणनीति अन्तर्गत पार्टी एकता गरिएको खुलासा गरेका छन्।
नेकपा माओवादी केन्द्रका नेता, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्ट लगायतलाई नेकपा एमाले प्रवेश गराउदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पाेखरेलले दक्षिणपन्थी अवसरबादकाे नाङ्गाे नाच देखाएर माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको बदनाम गरेकाे आराेप लगाए।
बरिस्ठ उपाध्यक्ष पाेखरेलले कम्युनिस्ट पार्टीको सरकार गिराउने अपराधपूर्ण कामकाे नेतृत्व प्रचण्ड र  माधवकुमार नेपालले सहयोगीकाे भूमिका निर्वाह गरेकाे गम्भीर आराेप लगाए।

आगामी निर्वाचनमा एमाले एक्लै चुनावमा हाेमिने दृढता व्यक्त गर्दै पाेखरेलले गठवन्धनसंग एमाले नडराउने प्रष्ट पारे। उनलेे भने,’नेकपा एमाले कुनैपनि प्रकारकाे गठवन्धन गर्ने पक्षमा छैन, एमालेले भन्ने गरेको छ, सक्छौ एक्लाएक्लै आउँ, नसके मिलेर आउँ।’
माधव प्रचण्डले नै पार्टी फुटाएकाे आराेप लगाउदै हिजोको अपराधपूर्ण कामकाे छिनोफानो नभई प्रचण्ड र माधवसंग कुनैपनि हालतमा भविष्यमा सहकार्य नहुने वताए।
केपी सरकारले गरेका कामहरुकाे फेहरिस्त सुनाउदै उनलेे भूपरिवेष्ठित मूलुकले एउटा देशकाे नाकामा भर नपरी अर्को देशसंग पनि नाका खाेल्ने दुरगामी निर्णय गरेकाे वताए। नेपाल भूपरिवेष्ठित नभई भारतवेष्ठित भएको अवस्थालाई केपी ओली नेतृत्वको सरकारले परिवर्तन गरेकाे उनको दाबी थियाे।
गठवन्धनमा रहेका दलहरु वीच धेरै कुरा नमिल्ने उनको ठाेकुवा थियाे।  ‘उनीहरू वीच सिद्धान्त मिल्दैन, धारणा मिल्दैन, संविधान वारेकाे धारणा मिल्दैन तर एमाले सक्ने कुरामा एक ठाउँमा छन,’ उनलेे भने।
१ हजार ४ सय सडकहरु, ३ सय ५६ वटा स्थानीय तहका अस्पतालहरु वनाउने आफुहरुले ल्याएको याेजनामा वर्तमान सरकारले अवरोध गरेकाे उनको भनाइ छ। उनलेे कुनै याेजना नकाटेपनि वजेट निकाशा राेकेकाे आराेप लगाए।
देशमा आर्थिक अराजकता उत्पन्न भएको वताउदै राष्ट्रिय ढुकुटीमा संचित रकम सकिदै गएको जानकारी दिए। सरकारले तीनवटा चाैमासिक सकिदा पनि २०% वजेट खर्च नसकेको वताए।
राष्ट्रियताकाे सवालमा आफ्नाे सरकारकाे पालामा चुच्चे नक्सा आएकाे तर वर्तमान सरकारकाे पालामा दार्चुलाका जयसिं धामीलाई भारतीय सुरक्षाकर्मीले तुईन काटेर महाकालीमा वगाउदासमेत सरकार नवाेलेकाेमा राेष प्रकट गरे। ‘केपी ओलीले चुच्चे नक्सा निकाल्दा देशभरका जनता खुसी थिए। तर, अहिले याे सरकार वाेल्दैन, देउवा, प्रचण्ड/माधव वाेल्दैनन,’ सरकारप्रती कटाक्ष गर्दै उनलेे भने।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेलले देश दुईदलीय व्यवस्थातर्फ अघि बढेको भन्दै एउटा धुर्वकाे नेतृत्व केपी ओली र अर्कोकाे शेरवहादुर देउवाले गरेकाे प्रष्ट पारे। कम्युनिस्ट पार्टीको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरु कम्युनिस्ट हुनै नसक्ने भन्दै आगामी निर्वाचनबाट उनीहरूकाे मुकुण्डाे उतारिने विश्वास व्यक्त गरे।
नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनाेदकुमार शाहकाे अध्यक्षतामा भएको कार्यक्रममा सुर्खेत जिल्ला अध्यक्ष अमृतकुमार बिसीले स्वागत मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता ठम्मर बिष्ट, जनकसिं सुनार, समाजवादीका चन्द्रा वुढा, गाेरख शाही र कांग्रेसबाट श्याम कँडेल लगायत सयौं जना एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार