२०८३ वैशाख २६ , शनिबार

कोरोना नियन्त्रणका लागि सामाजिक मन्त्रालयको छ करोड खर्च



असोज ०७, सुर्खेत
कर्णाली प्रदेश सरकारले कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि ६ करोड भन्दा बढी बजेट खर्च गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको बजेट खर्च नभएको र गत वर्षको मात्रै ६ करोड भन्दा बढी बजेट खर्च गरेको हो ।
चालु आर्थिक वर्षको वजेट कार्यान्वयन सुरु नभएकोले सामाजिक विकास मन्त्रालयले गत वर्षको १५ देखि २० लाख भन्दा बढी बजेट खर्च नगरेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।
मन्त्रालयले कर्णालीका दशवटै जिल्लामा रहेका जिल्ला स्वास्थ्य कार्यालयहरुलाई ३० देखि ४० लाखका दरले बजेट पठाएको समेत जनाएको छ ।

यस्तै, सरकारले २४ वटा रणनैतिक अस्पतालहरुको लागि पनि ८ देखि १० लाखको दरले बजेट पठाएको महाशाखा प्रमुख शाहीले बताए ।
उनले कोरोना भाइरस प्रतिकार्यका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यावस्था गरी कार्यान्वयन गर्ने अवस्थामा पुगिसकेको समेत बताए ।
प्रदेश सरकारले यो आर्थिक वर्षमा कोरोना नियन्त्रण र रोकथामका लागि १ करोड बजेट विनियोजन गरेको र त्यो वजेट खर्च प्रक्रियामा नगएको भन्दै त्यसलाई अन्य अत्यावश्यक काममा खर्च गर्नुपर्ने अवस्था आउन सक्ने शाहीले संकेत गरे ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधबार