नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा वडा सदस्यदेखि महानगरका मेयरसम्मका उम्मेदवारको सिफारिसका लागि मापदण्ड तय गरेकाे छ। मापदण्डअनुसार प्रमुख र उपप्रमुखहरुकाे सिफारिस र निर्णय गर्ने अधिकार सम्वन्धित तहका पार्टी कमिटीहरुवाट खाेसिएकाे छ।
एमालेले वडा सदस्य र अध्यक्षको टिकट गाउँपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले दिने र गाउँ तथा नगरपालिकाका प्रमुख उपप्रमुखको टिकट जिल्लाको सिफारिसमा प्रदेश कमिटीले दिनेगरि मापदण्ड वनाएकाे छ।
यसैगरी, उपमहानगर पालिका तथा महानगरको टिकट प्रदेश कमिटीको सिफारिसमा केन्द्रले दिने मापदण्ड तय गरेको छ ।
सोमबार बसेको पोलिटव्युरो बैठकमा धेरै आकांक्षीहरु भएर विवाद हुने अवस्था आएमा लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको चयन गर्ने नयाँ प्रस्तावसमेत आएकाे छ।
प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार