२०८३ वैशाख ५ , शनिबार

गठबन्धनका नाममा अन्य पार्टीमा भाेट हाल्न सकिदैन: कांग्रेस पूर्व सभापति रेग्मी



   नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौँ स्मृति दिवस सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ।

     दिवसको अवसर पारेर साेमवार गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले वीरेन्द्रनगरमा एक विचार गोष्टी कार्यक्रमकाे आयोजना गरेकाे छ। उक्त कार्यक्रमका सहभागीहरुले कोइरालाले देश विकासमा पुर्‍याएकाे योगदानकाे स्मरण गर्दै उनकै कारण नेपालीले शान्ति र संविधान पाएको उल्लेख गरे।
कार्यक्रममा हरिहर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाली काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले गिरिजाप्रसाद कोईरालाले स्थापना गरेको सहमति, सहकार्य र एकतालाई अनुसरणगर्दै अगाडि बढ्न सकेमात्र आगामी निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने सुझाव दिए।
उनले गठबन्धनका नाममा सुर्खेत काँग्रेसका मतदाताले अन्य पाटीमा मत हाल्न नसक्ने भन्दै,पाटी भित्रकाे एकतालाइ मजबुत बनाउन पाटी नेतृत्वलाइ आग्रह गरे। उनलेे काँग्रेसले अव ईतिहासलाई भजाएर मात्रै नहुने भन्दै नयाँ तरिकाले पाटी चल्नुपर्ने धारणा व्यक्त गरे।
बस्नेतद्वारा प्रस्तुत कार्यपत्रमाथि  टिप्पणी गर्दै नेपाली कांग्रेस सुर्खेतका युवा नेता नारायणकुमार कोइरालाले गिरिजाप्रसाद कोइरालाको नेपालमा मात्र नभएर अन्तर्रास्ट्रियस्तरमा समेत चर्चा हुने गरेकाले दक्षिण एसियाकै शिर्ष नेताका रुपमा हेर्नुपर्ने दाबी गरे।
उनले गिरिजाप्रसाद कोइरालाले टुटफुटको राजनीतिलाई अन्त्य गरि अगाडि बढ्नुपर्ने मान्यता राखेकै कारण देशमा अहिले यो अवस्था आइपुगेको जिकिर गरे। कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाइ विजय गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

   कार्यक्रममा प्रध्यापक हरिहर बस्नेतले स्वर्गीय काेइरालाले नेपालकाे राजनीतिमा महत्वपूर्ण योगदानको पुर्‍याएकाे वारेमा चर्चा गरेका थिए। काेईरालाकाे जीवनी र उनका महत्त्वपूर्ण कामहरुकाे वारेमा वस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले स्वर्गीय कोइराला काँग्रेसको मात्र नभएर सिंगो नेपालीको नेता भएको भन्दै उनको बाटो कांग्रेसले अनुसरण गर्नुपर्ने बताए।

कार्यक्रममा मप विश्वविधालयका पूर्वडिन पिताम्वर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे। उनलेे काँग्रेसले राष्ट्रियतालाइ आफ्नो प्रमुख नीतिकोरुपमा समावेश गरेको भन्दै अहिले नेपालका सबै राजनीति दलहरु काँग्रेसले लिएको लोकतन्त्रको नीति भित्र समावेश भएको बताए।
ढकालले पाटीभित्रका सबै नेताहरु एउटै विचार र भावनाका साथ अघि बढे कोइरालाको सपना पूरा हुने जिकिर गरे।

   कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका सदस्य शम्भु पन्तले गिरिजाप्रसाद कोइरालाको विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले प्रजातन्त्र, लोकतन्त्र र समाजवाद देशको मेरुदण्ड भएको भन्दै यसलाइ सँस्थागत गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे।

     कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरीले अन्य राजनीतिक दलहरुसंग भन्दा नेपाली काँग्रेसभित्र सहमति सहकार्य र एकताको आवश्यकता रहेको उल्लेख गरिन।
२०४६ सालको जन आन्दोलन, २०६२/६३ सालको दोस्रो जनआन्दोलन, नेपालीलाई ठूलो पीडा दिएकाे दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्त्वपूर्ण छ।
पाँचपटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो। राणा शासनको विरोध गरेको अभियोगमा उनका बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो।

जीपी कोइराला फाउण्डेशन सुर्खेतका अध्यक्ष ललित भट्टराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कांग्रेसका विभिन्न तह र तप्काका ब्यक्तिहरुकाे उपस्थिति रहेको थियाे।

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार