२०८३ वैशाख ५ , शनिबार

समाजवादी अवैध समूह भएको एमाले अध्यक्ष शर्माकाे आराेप



     नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमाले एक्लै निर्वाचनमा जाने दाबी गरेका छन्।  एमाले नौमूले गाउँकमिटीको बैठकलाई संवाेधन गर्दै अध्यक्ष शर्माले एमाले जनताका लागि काम गर्ने पार्टी भएकाले जनता माँझ जान नडराउँने बताए ।

अध्यक्ष शर्माले समाजवादी अवैध समूह भएको आराेप लगाए। समाजवादी पार्टीप्रती आक्रामकरुपमा प्रस्तुत भएका उनलेे समाजवादीलाई पार्टी नै मान्न नसकिने वताए। माधवकुमार नेपाल चोइटिएर जादैमा एमाले कमजोर नभएको, वरु जन-आकर्षण वढेकाे उनको दाबी थियाे।
जनताकाे पक्षमा आफ्नाे पार्टीले धेरै राम्रा कामहरु गरेकोमा विकास बिराेधीहरुलाई सह्य नभएकाे उनकाे भनाइ थियाे।  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई देशको पहिलो पार्टी बनाएर पठाउँने बताए ।

नाैमुले गाउँकमिटी बैठकले आगामी बैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रने निर्णय भएको एमाले जिल्ला कमिटी सदस्य याम शर्माले बताए। एमाले नौमूलेले आगामी चैत १९ गतेसम्म सबै वडाबाट उम्मेदवारहरु छनोट गरिसक्ने निर्णयसमेत गरेको उनले जानकारी दिए।

बैठकले निर्बाचनलाई सशक्त बनाउन नेकपा एमाले नौमूले गाउँ पालिकाका अध्यक्ष शसिराम बिकको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत १३ गते आइतबार