२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेत उद्योग वाणिज्य संघकाे निर्वाचन कार्यतालिका सार्वजनिक, असन्तुष्ट समूहको माग अस्वीकार



  सुर्खेत उद्योग बाणिज्य संघको संस्थापन पक्षले असन्तुष्ट पक्षकाे निर्वाचनमा सहभागी नहुने धम्कीको सुनुवाइ नगर्ने निश्चित भएको छ। संघले निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै निर्वाचनका लागि मतदाता नामावली र निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ।
आज अपरान्ह संघकाे निर्वाचन मण्डलले मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।  संघको कार्यालयमा असन्तुष्ट व्यवसायीहरुले तालावन्दी गरेपनि निर्वाचन प्रयाेजनका लागि अन्यत्रै कार्यालय खडा गरिएको छ।                                                       कुनैपनि हालतमा निर्वाचन नराेक्ने अडान लिएकाे संस्थापन पक्षले निर्वाचन प्रयोजनका लागि वीरेन्द्रनगर ६ काे बुद्धपथमा निर्वाचन कार्यालय स्थापना गरेकाे हाे।
निर्वाचनका लागि ३ सदस्यीय टाेलीमा उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम रहेको निर्वाचन मण्डलसमेत गठन गरिएको छ।
निर्वाचन मण्डलका नन्दवहादुर भण्डारीले मंगलवार निर्वाचनका लागि २ हजार १४ जना मतदाताहरुको नामावली सार्वजनिक गरिएको बताए।  उनले अागामी चैत २० गते उम्मेदवारी दर्ता, दावी विरोधसहित फिर्ता र उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन चैत २१ गते गरिने जानकारी दिए।
उम्मेदवारहरुले आगामी चैत २४ गते राति १२ वजेसम्म प्रचारप्रसार गर्न पाउनेछन।  २४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।
उनले मतदान स्थलको वारेमा छलफल भैरहेको भन्दै टुंगो पुगिनसकेकाे वताए। ‘सुरक्षित ठाउँ पहिचान गरेर निष्पक्ष र धाधलीरहित रुपमा निर्वाचन सम्पन्न गर्नेछौं,’ भण्डारीले भने। मतदान चैत २६ गते विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।

प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार