
सुर्खेत ८ असोज
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ४ मा ठूलो संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन।
हिजो (वुधवार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पञ्चपुरी नगर कमिटि वडा नं ४ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसको साबिक बावियाचौर गा.बि.स. मा ३ कार्यकाल गाबिस सभापति भईसकेका कृष्णराज तिमिल्सिना, नेपाली काङ्ग्रेस सुर्खेतका पूर्व जिल्ला कार्य समिति सदस्य तथा बि.स.२०४९ सालको स्थानीय निर्वाचनमा उक्त क्षेत्रवाट निर्वाचित वडा अध्यक्ष सर्जन बि.क. र पार्टीको भातृ संगठन तरुण दलका स्थानीय नेता गगनबहादुर शाही सहित ३५ जना कांग्रेसका स्थानीय कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने अन्य व्यक्तिहरुमा : प्रभुनाथ तिमिल्सिना, उमाकान्त तिमिल्सिना, लोकराज तिमिल्सिना, जनक सिंह, कृष्ण सिंह, बिशाल शाही, लछिमा रावल, संगिता नेपाली, सोभा तिमिल्सिना,नन्नमति बि क, शान्ता तिमिल्सिना रहेका छन।
यस्तै, कृष्णाकुमारी तिमिल्सिना, हस्तादेबी तिमिल्सिना, छममाया सिंह, ईन्द्रा शाही, पार्वति बादी, लक्ष्मी शाही, कालु बादी, उपेन्द्र आचार्य, बिक्रम बि.क, भिमबहादुर बि.क, रुक्मा बि.क, सुब्धरा बि.क, पार्बती सिंह, मनवहादुर रावत, पदम सावद, जनक रावत, कमला नेपाली, तिलक नेपाली, खगिसरा भण्डारी, गंगाराम बि.क. रहेको नेकपा पञ्चपुरीले जनाएको छ।
उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले नव प्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत गरेका थिए।