नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट प्रेमनाथ अधिकारीको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएको छ ।
आइतबार राति सम्पन्न अधिवेशनवाट उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुंगेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित भएका छन् ।
एमालेको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गरेका थिए ।
महासंघमा महासचिवकाे जिम्मेवारी सम्हालेका गीतकार अधिकारीले आफु अध्यक्षमा निर्वाचित भएपछि सामूहिक भावना र सामर्थ्यका आधारमा संगठनलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे। गत चैत १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त अधिवेशनको उद्घाटन गरेका थिए।
प्रकाशित मिति : २०७८ चैत २१ गते सोमबार