२०८३ वैशाख ५ , शनिबार

सुर्खेत उद्योग वाणिज्य संघमा शेखर टिम, एमाले र समाजवादीकाे एउटै माेर्चा



 सुर्खेत उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिकाे लागि उम्मेद्वारी दर्ता गरिएकाे छ । आगामी बैशाख ४ गते हुने नयाँ नेतृत्वको लागि प्यानल नै बनाएर संघका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का चुनावी मैदानमा ओर्लिएका छन्।

समाजवादीकाे व्यवसायी टिमलाई कँडेल टिममा राख्न सुर्खेत उद्योग वाणिज्य संघका पूर्व महासचिव मदनवहादुर खड्काले अहम भूमिका खेलेका थिए। उनकै निर्देशनमा कृष्णप्रसाद सुवेदी कँडेल टिमवाट निर्वाचनमा हाेमिएका छन। समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले कँडेल टिमसंग गठवन्धन नगर्न चेतावनी दिएपनि खड्काले उनको प्रस्ताव अस्वीकार गरेका थिए। उपमहासचिव ज्वालाले गठवन्धनलाई असर पर्ने भन्दै पार्टीको व्यवसायी संगठनलाई खड्का टिमबाट उम्मेदवारी दिन निर्देशन दिएका थिए।                 खवरदृष्टिसंगकाे कुराकानीमा मदन खड्कालेे दबाब आएकाे वारे घुमाउरो भाषामा पुष्टिसमेत गरेका छन। समाजवादी पार्टी निकटका व्यवसायीहरु कृष्णप्रसाद सुवेदी विर्ख वडुवाल र हिमा उपाध्याय लगायतले कँडेल टिमवाट उम्मेदवारी दिएका छन। उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन दबाब दिईएकाे श्राेतले बतायाे।

कांग्रेसकाे शेखर काेईराला टिम, नेकपा एमाले, समाजवादी टिमकाे नेतृत्व कँडेलले गरेका छन भने कांग्रेसको संस्थापन (देउवा) टिम, नेकपा माओवादी निकट व्यवसायी टिमकाे नेतृत्व खड्काले गरेका छन्।
कँडेल अध्यक्ष रहने संयुक्त व्यवसायी टिमको वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप– महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् ।

कँडेल टिमबाट सदस्यहरुमा खुलातर्फ रमेश बराल, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल, बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, विर्ख बडुवाल, गणेश खड्का, लक्ष्मी कार्की, महिला सदस्यमा लक्ष्मीकुमारी शर्मा तिवारी, हिमाकुमारी उपाध्याय, एशोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र वि.क.ले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, खड्का नेतृत्वको वृहत लाेकतान्त्रिक साँझा समूहबाट  बरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी (राजु), उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसी (बमु) ले उम्मेद्वारी दर्ता गराएका छन् ।
खड्का समूहबाट सदस्यहरुमा पूर्णबहादुर पाण्डे, नवराज गाैतम, खड्कबहादुर शाही, बुद्ध तामाङ, मदनबहादुर थापा, प्रेम शर्मा, प्रेमबहादुर भण्डारी, सन्ताेष बराइली, पाेषण खरेल, अजय गुरुङ, भुवन ज्ञवाली, लक्ष्मण देवकाेटा, जनक थापा, महिला सदस्यहरुमा कृति शाक्य र लक्ष्मी कार्कीले उम्मेद्वारी दर्ता गरएका छन् ।

मंगलबार विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेद्वारी उपर दाबी विरोध र फिर्ता, सोही दिन अपरान्ह ६ बजे दावी विरोध उपर निर्णय र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
बैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि हुने र सोही दिनकाे १२ बजेपछि मौन अवधि तोकिएको निर्वाचन समितिका सदस्य नन्द भण्डारीले बताए ।  मतदान बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ।

प्रकाशित मिति : २०७८ चैत २८ गते सोमबार