सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन बैशाख ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुकाे अन्तिम नामावली आज प्रकाशन गरिएको छ। नयाँ नेतृत्वका लागि महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल घोषणा गरेर चुनावी मैदानमा हाेमिएका छन् ।
समितिले दिएको जानकारी अनुसार दुवै प्यानलबाट उम्मेदवार दिएका तीन जना सदस्यले उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारी फिर्ता लिनेमा खड्का प्यानलबाट सदस्य पदका उम्मेद्वार रणबहादुर खड्का, लक्ष्मी कार्की प्रधान र कँडेल प्यानलबाट विर्खबहादुर बडुवाल हुन।
कँडेल नेतृत्वको संयुक्त व्यवसायी टिमकोतर्फवाट वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप– महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलकाे उम्मेद्वारी कायम भएको छ।
कँडेलको टिमबाट सदस्यहरुमा रमेश बराल, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल, बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, गणेश खड्का, लक्ष्मी कार्की, महिला सदस्यमा लक्ष्मीकुमारी शर्मा तिवारी, हिमकुमारी उपाध्याय, एशोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र बिककाे उम्मेदवारी कायम रहेको छ।
वृहत लोकतान्त्रिक साझा समूहबाट बरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी, उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसीकाे उम्मेद्वारी कायम भएको छ।
खड्का टिमबाट खुला पुरुष सदस्यहरुमा अर्जुनजंग शाही, पहलसिंह बस्याल, प्रेमबहादुर भण्डारी, मदनबहादुर थापा, लक्ष्मण खत्री देवकोटा, प्रेम शर्मा, अजय गुरुङ, भूवन ज्ञवाली, वुद्ध तामाङ, महिला सदस्यमा कृति गुभाजु शाक्य, सदस्य एशोसियटमा जनक थापा र आरक्षित सदस्यमा सन्तोषकुमार बराइलीकाे उम्मेद्वारी कायम भएको छ।
प्रकाशित मिति : २०७८ चैत २९ गते मंगलबार