२०८३ वैशाख ५ , शनिबार

सुर्खेत उद्योग वाणिज्य संघकाे निर्वाचनमा दलहरुकाे प्रवेश, खड्काकाे पक्षमा विज्ञप्ति जारी



         सुर्खेत उद्योग बाणिज्य संघको आगामी बैशाख ४ गते हुने निर्वाचनमा राजनीतिक दलहरुकाे जवर्जस्तरुपमा ईन्ट्री भएको छ।  व्यवसायीहरुकाे निर्वाचन भनिएपनि दलका प्रतिनिधिहरुकाे प्रतिनिधित्व हुने गरेकाे उद्योग वाणिज्य संघमा यसपटक पनि ठूला राजनीतिक दलहरूले आफ्नाे पक्षधरता देखाएका छन्।
नेपाली कांग्रेसकाे संस्थापन, नेकपा माओवादी र एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले हर्षबिक्रम खड्का नेतृत्वकाे टिमकाे पक्षमा मतदान गर्न अाव्हान गरेका छन्।
एकीकृत समाजवादीकाे ठूलो व्यवसायीक टिम कँडेल टिममा लागेको छ भने माउ पार्टी गठवन्धनकै पदचाप अनुसार हिडेकाे छ। नेकपा एमाले, कांग्रेसकाे शेखर काेईराला टिम प्रष्टरुपमा एक ठाँउमा उभिएका छन्।
५ दलीय गठबन्धन वनाएर संघ र प्रदेश सरकारहरु कव्जा गरेका दलहरुले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै खड्काको प्यानललाई जिताउन अपिल गरेका छन् । ती पार्टीहरुको वीरेन्द्रनगरमा बसेकाे संयुक्त बैठकले बैशाख ४ गते हुने निर्वाचनमा खड्काको प्यानललाई जिताउन अपिल गरेका हुन।
विज्ञप्तिमा जिल्लाको समग्र विकासमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन, व्यवसायिक हकहित तथा उन्नयनलाई सशक्त बनाउन र सुर्खेत उद्योग वाणिज्य संघलाई सुर्खेती व्यवसायीहरुको साझा संस्था बनाउन अध्यक्ष पदका उम्मेदवार खड्काले नेतृत्व गरेको साझा व्यवसायी समूहका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरिएकाे छ।

प्रकाशित मिति : २०७८ चैत २९ गते मंगलबार