सामान्य प्राेटाेकलकाे मर्यादासमेत नराखेर प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय राजदुत विनयमाेहन क्वात्राकाे विदाई भाेजमा आज साँझ सहभागी भएका छन्। लैनचौरस्थित भारतीय दूतावासमै पुगेर क्वात्रालाई बिदाइ भेट गरेका देउवा गठबन्धन बैठक चलिरहेकै बेला बालुवाटारबाट बाहिरिएका थिए।
रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रोटोकल नमिलेकाे भन्दै दूतावास गएनन्। ओलीेले क्वात्रालाई बालकाेटमै बाेलाएर विदाई गरेका थिए।
पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालसमेत प्राेटाेकल नमिलेको भन्दै दुतावासमा राखिएको विदाई समारोहमा गएनन्।
भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी हुन देउवा दूतावास गएका थिए । दूतावास स्रोतले भने बिदाइका अवसरमा क्वात्राले रात्रीभोज आयोजना गरेको र त्यसमा प्रधानमन्त्री पनि सहभागी भएको बताए ।
रात्रीभोजमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए ।