२०८३ वैशाख ५ , शनिबार

भरतपुर कांग्रेसका २९ वडा सभापतिहरुले दिए बिद्रोहकाे चेतावनी



    भरतपुर महानगरपालिकाकाे मेयर पद आफ्नै पार्टीको हुनुपर्ने भरतपुरका २९ वटै वडाका कांग्रेस पार्टी सभापतिहरूले निर्णय गरेका छन्। नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलबार बसेको वडा समितिका सभापतिहरूको बैठकले निर्णय नै गरेर मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने माग गरेका हुन।
भरतपुर कांग्रेसकाे विपरीत गठबन्धन गरे भरतपुर महानगरमा मेयर, उपमेयर र सबै वडामा अध्यक्षसहितका सवै पदमा स्वतन्त्र उम्मेदवार खडा गरि गठवन्धनलाई हराउने निर्णय गरिएको छ।
वडा सभापतिहरुकाे माग विपरीत तालमेल भए गठबन्धनका सबै उम्मेदवारहरुलाई बहिस्कार गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन् । वडा सभापतिहरुकाे निर्णय बुझ्दै कांग्रेस चितवनका जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरुको निर्णयसँग मेल खाने भन्दै गरिएको निर्णय केन्द्रमा पठाउने प्रतिबद्धता जनाए ।
बैठक वडा नम्बर १९ का पार्टी सभापति आशमान तामाङको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित मिति : २०७८ चैत २९ गते मंगलबार