
सुर्खेत ८ असोज
रुकुम पश्चिम चौरजहारीको सोतिमा जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै खवरदारी कार्यक्रमको आयोजना गरिएको छ।
बिहीबार उच्च अदालत सुर्खेतमा गरिएको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक अभियान्ता तिर्थ सुनारले घटनामा संलग्नहरुलाई हदैसम्मको कार्वाही हुनुपर्नेमा जोड दिएका छन् । उनले उक्त घटनालाई राजनीतिकरण नगरि न्यायोचित ढंगले टुंग्याउनु पर्ने वताए ।
गत जेठ १० गते अन्तरजातीय विवाह गर्न रुकुम पश्चिमको चौरजहारीस्थित सोतिमा पुगेका वेला नवराज सहित ६ जनाको हत्या भएको थियो।
मृतक परिवार र दलित अधिकारकर्मीहरुले यो घटनालाई मृत्यु नभई हत्या नै भएको दाबी गर्दै आएका छन् । पीडकलाई कुनै पनि बहानामा छुटकारा दिन नहुने भन्दै उनीहरुले ‘न्यायको देशमा न्याय नमरोस !’ भन्दै खवरदारी गरिरहेका छन् ।
पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय हुनुपर्नेमा उनीहरूको जोड छ।