
जाजरकाेट । जाजरकाेटकाे बारेकोट गाउँपालिका–५ स्थित कालिका सामुदायिक बालविकास केन्द्रका ३५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ। अमेरिकाको बोस्टन निवासी शिव अधिकारी र सविता ढकालको आर्थिक सहयोगमा उक्त सामग्री प्रदान गरिएको हो।
आफ्नी स्वर्गीय आमा सावित्री अधिकारीको पुण्य तिथिको अवसरमा अधिकारीले बालबालिकालाई कापी, कलम, पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गरेको हुन् । राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष सुरेन्द्र सुमनको समन्वय रहेको थियो।
साथै, वडा सदस्य मनबहादुर सिंह, बारेकोट गाउँपालिकाका असिस्टेन्ट सब-इन्जिनियर कर्णराज सिंह, पत्रकार महासंघ जाजरकोट शाखाका सह-सचिव सुशिल रावललगायतको उपस्थिति रहेको थियो। विद्यालयकी शिक्षिका धनरुपा सिंहले दुर्गम स्थानका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै सहयोगी हातहरूप्रति आभार व्यक्त गरिन् ।