काठमाडाैँ । पूर्वगृहमन्त्री एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दल खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । फेरि राजा बन्न खोजे बेलायत र फ्रान्सको घटना दोहरिन सक्ने उनले चेतावनी दिए । आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा गौतमले चुनाव लडेर संसद्बाट प्रधानमन्त्री बन्न ज्ञानेन्द्रलाई सुझाव दिएका हुन् ।
‘मेरो उहाँलाई सहृदयी सल्लाह छ, पुनः राजा बन्ने । आफ्नो नेतृत्वमा प्रजातान्त्रिक दल निर्वाचन आयोगमा दर्ता गराउनुस् । २०८४ सालको चुनावमा भाग लिनुस् र निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बनेर समृद्धि कायम गर्न लाग्नुस् । नेपालको चौतर्फी विकास गरेर देखाइदिनुस्,’ गौतमले भने, ‘फेरि राजा बन्ने कोशिश भए, नेपालमा ग्रेट ब्रिटेन र फ्रान्सको स्थिति दोहरिन सक्छ । फेरि म फलानो हुँ भन्ने स्थिति नरहन सक्छ ।’
ब्मखभचतष्कmभलत
पूर्वराजा शाहले प्रजातन्त्र दिवस फागुन ७ गते सन्देश जारी गर्दै देशको दुर्गती हुँदा चुप लागेर नबस्ने बताएका थिए । पूर्वराजाले जारी गरेको सन्देशबारे संसद्मा छलफल गर्नु आवश्यक रहेको गौतमले बताए ।