
नवलपरासी । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागुऔषध कारोबार अपराधमा अदालतबाट दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासी (पश्चिम) का न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दोषी ठहर गरेको हो ।
धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । अध्यक्ष गुप्तासहित धोबीलाई सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको छ । लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिबानाको व्यवस्था रहेको छ ।
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार