नेकपा माओवादी केन्द्रले सुर्खेतका सवै पालिकाका ९० प्रतिशत उम्मेदवार छनाैट भैसकेको जनाएको छ। सत्ता गठवन्धनवीचकाे वार्ता सफलता उन्मुख नभएपछि माओवादीले पार्टीका तर्फबाट उम्मेदवार छनाैट गर्न आन्तरिक सर्कुलरसमेत गरेकाे छ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष कृष्णबहादुर जिसी जितेन्द्रले कांग्रेससंगकाे वार्ता निष्कर्षतिर नपुगेको घुमाउरो पाराले स्वीकार गरेका छन्। उनलेे पार्टीको तर्फबाट सुर्खेत लगायत कर्णाली प्रदेशभरि सर्वसम्मतरुपमा उम्मेदवार छनाैट भईरहेकाे र भाेलीसम्ममा सवै उम्मेदवार छनाैट गरिसक्ने वताए।
जिसीले कर्णाली प्रदेश नेकपा माओवादीकाे आधार ईलाका भएको र पार्टीले कर्णालीका ७९ पालिकामध्ये ४६ पालिका निश्चितरुपमा जित्ने दाबी गरे। वाँकी १६ वटा पालिकामा कडा प्रतिस्पर्धा हुने र अन्य पालिकामा पार्टी कमजोर रहेको स्वीकार गरे।
उपाध्यक्ष जिसीले सुर्खेतका ५ पालिकामा एकल प्रतिस्पर्धा भए आफ्नाे पार्टीले जित्ने दाबी गरे। “२०७४ सालकाे तुलनामा पार्टी एकमत/एकढिक्का छ। पार्टीप्रती जनविश्वास वढेकाे छ,” खवरदृष्टिसंगकाे कुराकानीमा जिसीले भने।
केन्द्रले गरेकाे सर्कुलर वमाेजिम गठवन्धन गर्न माओवादी तैयार रहेपनि यसलाई कमजोरीकाे रुपमा नवुझ्न उनलेे आग्रह गरे। “हामी कमजोर भएर गठवन्धन गर्न चाहेका हाेईनाै, केन्द्रकाे निर्देशन पालना गर्न गठवन्धनमा सामेल भएका हाै,” जिसीले भने।
माओवादी केन्द्रले सकभर गठवन्धन दलवीच सहकार्य हुने र त्यसको अवमूल्यन भए अन्य दलहरूसंग पनि स्थानीय स्तरमा तालमेल हुनसक्ने वताएकाे छ। सुर्खेतका चाैकुने, वराह,चिंगाड, भेरीगंगा र वीरेन्द्रनगर पालिकालाई जित्ने पालिकामा गणना गरेको छ।
पछिल्ला दिनहरुमा सत्ता गठवन्धनका दलहरुकाे वीचकाे वार्तामा खास प्रगति हुन नसकेको रिपोर्टहरु आईरहेकाे वेला मुख्यतः कांग्रेस र माओवादी वीच सिटमा कुरा नमिल्दा वार्ता भाडिएकाे छ। वार्ता सकारात्मक हिसाबले अघि नवढेकाे अनाैपचारिक कुराकानीमा कांग्रेस र माओवादी केन्द्र सुर्खेतका नेताहरूले वताएका छन्।
यसैबीच, नेपाली कांग्रेस सुर्खेतले आज एक विज्ञप्ति जारी गर्दै सुर्खेतका सवै पालिकावाट उम्मेदवार सिफारिस गर्न निर्देशन जारी गरेको छ। पार्टी सभापति खड्क पाेखरेलले गठवन्धन विच सहमति भए उम्मेदवारी फिर्ता लिने गरी उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन।
प्रकाशित मिति : २०७९ वैशाख ६ गते मंगलबार