वीरेन्द्रनगरका उपमेयर माेहाेनमाया ढकालले अड्काे थाप्दा उम्मेदवार छनाैटमा ढिलाइ भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनकाे मिति नजिक आईसक्दा पनि एमालेवाट वीरेन्द्रनगरमा काे उम्मेदवार बन्ने टुंगो लागेको छैन।
एमाले सुर्खेतका अधिकांश पालिकाबाट उम्मेदवार छनाैट भईसक्दा पनि कर्णाली प्रदेशकाे राजधानी रहेको वीरेन्द्रनगर अनिर्णयको बन्दी बनिरहेको एमाले सुर्खेतका नेताहरू वताउँछन।
उपमेयर ढकालले सर्वसम्मत उम्मेदवार चयन हुनपनि नदिने र आन्तरिक चुनाववाट छान्ने विधिमा पनि सहमत नहुने गरेकोले उम्मेदवार छनाैटमा सकस भैरहेकाे एक एमाले वीरेन्द्रनगर नगर कमिटी सदस्यले नाम उल्लेख नगर्ने शर्तमा वताउँछन।
उनी भन्छन्, “पहिला म मेयर बन्छु भनेर खाेर्के पश्चिमका वीरेन्द्रनगर नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल, प्रदेश कमिटी सदस्य हरिहर नाथ याेगी र एमाले सुर्खेतका प्रचार कमिटी सदस्य गंगाराम तिमिल्सिनालाई अलग-अलग लाेभ देखाउनु भयाे। अहिले तीनैजनाले उहाँले फालेको पासावारे थाहा पाईसक्नुभएको छ।”
उपमेयर ढकालको तल्लाे तहका कार्यकर्ताहरुसंग सामान्य उठवस पनि छैन। सुर्खेत एमाले पार्टीका महिला नेतृहरुसंग सामान्य उठवस पनि छैन। जनाधार भएका महिला नेतृहरु ढकालकाे रवैयाबाट निकै रुष्ट छन। “पदकाे अहंकार र घमण्डले उहाँलाई हामीसम्म आउनै दिदैन,” एक नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य भन्छिन।
एमाले सुर्खेतका वीरेन्द्रनगर बाहेक सवै पालिकाहरुवाट उम्मेदवार छनाैट भैसकेको छ। “एमाले वाहेकका गठवन्धनका दलहरु पदीय भागवण्डा मिलाउन अल्झिरहेकाे वेला एक्लै प्रतिस्पर्धा गर्नुपर्ने एमाले एकमना एकताका साथ उम्मेदवारहरु लिएर जनता माँझ गैसक्नु पर्ने थियाे। तर, वीरेन्द्रनगरका उपमेयर ढकालकाे चरम महत्वाकांक्षाका कारण एमाले अनिर्णयको बन्दी बनिरहेको छ,” एमालेका एक नेताले भने, “प्रदेश ईन्चार्ज जिल्ला बाहिर भएकोले पनि हाेला। उहाँ आएपछि टुंगोमा पुग्ला।”
वीरेन्द्रनगरमा उपमेयर ढकालले मेयरकाे टिकट पाएपनि जित्ने संभावना अत्यन्त न्यून छ। वीरेन्द्रनगर नगरपालिकामा एमालेकाे झण्डै २ तिहाइकाे समर्थन हुदा पनि उनलेे पार्टीको पक्षमा एउटै काम नगरेको स्वयं एमालेहरुनै वताउँछन। चुनावमा ढकाललाई वाेकेर जाँदा जनताले बहुमत दिएका थियाै के गर्याै भनेर प्रश्न गरे आफुहरुसंग कुनै उत्तर नहुने उनीहरूकाे भनाइ छ।
अधिकांश वडा कमिटीका पदाधिकारीहरुले माेहाेनमाया ढकाललाई उम्मेदवारी दिदा पार्टीले हार्ने भएकोले विचार गरेर निर्णय लिन नेतृत्वलाई आग्रह गरिसकेकाे छ। खाेर्के पश्चिमकाे वीरेन्द्रनगर पालिकाका एक वडा कमिटी सचिव भन्छन, ” पार्टीेले हार्ने निश्चित भएकोले ढकालले टिकट पाए चुनावमै लागिदैन।”
“पदमा हुँदा सुर्खेतमा भन्दा काठमाडौं वस्न रुचाउने उहाँको स्वभाव थियाे। सुर्खेत निकै कम वस्ने र विकास निर्माणका याेजनाहरु छनाैट गर्दा पनि नेपाली कांग्रेसलाई मात्रै फाईदा हुने निर्णय गर्नुभयाे। पदमा हुदापनि कांग्रेसकै मात्र काम गरेकोले टिकट माग्न पनि उतै जानू पर्ने हाे,” वीरेन्द्रनगर पालिकामा एमालेकातर्फवाट प्रतिनिधित्व गर्ने एक वाेर्ड सदस्यले आक्रोशीत हुदै भने।
२०७४ अघिसम्म पार्टी भित्र कसैको पनि विश्वास जित्न नसकेकी ढकाल उपमेयर बनेपछि भने पार्टी ईन्चार्ज यमलाल कँडेल निकट पुगेकी थिईन। उनका राजनीतिक गुरु शिवप्रसाद उपाध्याय २०७० सालकाे संविधानसभाकाे निर्वाचनमा बिद्रोही उम्मेदवारी बनेपछि केही समय उनकै पछि लागिन। पछि उपाध्यायलाई पनि छाेडेपछि उनी न घर न घाटकाे बनेकी थिईन। उनी ४ वर्षसम्म भूमिकाविहीन अवस्थामा थिईन।
२०७० देखि २०७४ सम्म पार्टी संगठनवाट लगभग अलग बनेकी ढकाल २०७४ काे स्थानीय तह निर्वाचनमा एमालेबाट उपमेयर पाउने संभावना देखेपछि पार्टी सम्पर्कमा आएकी थिईन। खाेर्के वारि र पारिकाे भूगोल मिलाउदा खाेर्केपारीवाट बालाराम शर्माले मेयर पाउने निश्चित भएसंगै उपमेयर पद खाेर्के पूर्बकाे भागमा परेको थियाे।
पार्टी कार्यकर्ताकाे छनाैटमा नपर्ने निश्चित भएपनि पार्टी केन्द्रीय सदस्यकाे धाक र धम्की दिदै वीरेन्द्रनगरकाे उम्मेदवार छनाैट प्रकृयालाई अवरुद्ध गरिरहेकी ढकाललाई सके उम्मेदवार वन्न राेक्ने, नसके निर्वाचनबाटै तह लगाउने एमाले कार्यकर्ताहरुले नै बताउँने गरेका छन्।
प्रकाशित मिति : २०७९ वैशाख ७ गते बुधबार