पुर्ण सार्की, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटको मूलछरा नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान जिल्लाका विकास विक र १८ वर्षीय गोपाल विक रहेका छन् ।
शनिवार अपराह्न ४ बजेको समयमा डोल्पाको प्रसिद्ध धार्मिक स्थल श्रीवाला त्रिपुरासुन्दरी मन्दिर दर्शन गरी फर्कने क्रममा रा ३ प ४२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । घाइते दुवैलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा लगिएको प्रहरीकाे भनाइ छ ।
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार