२०८३ वैशाख ८ , मंगलबार

प्रचण्डले फेसबुकबाट भने-तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइन



काठमाडौं । माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा नेताले प्रचण्डको फोटो जलाएका थिए।

यसको नेतृत्व गर्ने राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरी हेटौंडा ल्याइएको छ। त्यसलाई संकेत गर्दै प्रचण्डले यो स्टटास लेखेका हुन्।

प्रचण्डले लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’

प्रकाशित मिति : २०८१ चैत ३ गते आइतबार