२०८३ वैशाख ५ , शनिबार

गठवन्धनकाे सहमति ताेडेर बराह माओवादीकाे पुरै सेट चुनाव प्रचारमा



सुर्खेतको वराहताल गाउँ पालिकामा गठवन्धन भाडिएपछि नेकपा माओवादी केन्द्र चुनावी अभियानमा हाेमिएकाे छ। गठवन्धनकाे कर्णाली प्रदेश स्तरीय वैठकले वराहताल गाउँ पालिकामा नेपाली कांग्रेसलाई अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष दिने निर्णय गरेको थियाे।

तर, प्रदेशकाे निर्णय पालिकासम्म पुग्दा कार्यान्वयन भएन। सहमति अनुसार कांग्रेसले पालिकाकाे उपाध्यक्ष छाेड्नु पर्नेमा नछाेडेकाे माओवादीले आराेप लगाएको छ। वराहतालकाे अध्यक्ष पदमा उम्मेदवारी दिएका ईश्वरभक्त सुनारले नेपाली कांग्रेसकाे दम्भ र अहंकारले याे अवस्था आएकाे भन्दै सवै फैसला जनताले गर्ने वताए।

जिल्ला पार्टीका सवै नेता कार्यकर्ता आफ्नाे टिमलाई विजय गराउन खटिरहेकाे उनको भनाइ छ। गठवन्धन बीच सहमति भयाे भनेर बाहिर कु प्रचार गरिएकोमा सुनारले आपत्ती जनाए। उम्मेदवारी व्याक गर्दै हुनुहुन्छ रे भन्ने खवरदृष्टिकाे प्रश्नमा अध्यक्ष पदका उम्मेदवार सुनारले यस्तो हल्लाका पछाडि नलाग्न आग्रह गरे।

वराहकाे वडा नं २ रानीघाटमा अाईतवार आयाेजित काेणसभालाई संवाेधन गर्दै अध्यक्ष पदका उम्मेदवार सुनारले पार्टीले पालिकाका अध्यक्ष, उपाध्यक्ष र सवै वडामा उम्मेदवारी दिएकाे वताए। सुनारले भने, “वराहमा कांग्रेससंग अब कुनैपनि सहमति र सहकार्यकाे संभावना छैन। हामी विजयकाे वाटाेमा हिडिसक्याै”

   

प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार