२०८३ वैशाख ५ , शनिबार

गुर्भाकाेट कांग्रेसमा पहिराे, दहचाैरमा हिजाे ३ सय ५० र आज गुमीमा सयाैं एमाले प्रवेश



      सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर १२ दहचौरबाट ठूलो संख्यामा एमाले प्रवेश गरेका छन्। स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा कांग्रेसकाे गढ मानिएको गुर्भाकाेटवाट कांग्रेस पार्टी छाेडेर ३ सय ५० जना भन्दा वढि व्यक्तिहरु एमाले प्रवेश गरेका हुन।
      नेकपा एमाले गुर्भाकाेटले आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रम मदनबहादुर चन्दको नेतृत्वमा ८१ घर परिवार नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरे। २०४६ का काङ्ग्रेस सक्रिय सदस्य, साविक दहचौर गाविसमा नेपाली काङ्ग्रेसको सभापति, खानेपानी आयोजनाको अध्यक्ष , मावि ज्यामिरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत समाजसेवाका विभिन्न भुमिकामा रहदै आएका चन्दसंगै तरुण दल  गुर्भाकोट वडा नंवर १२ का अध्यक्ष सन्जिव मल्ल र तरुणदल कार्यसमितिका १२ जना एमाले प्रवेश गरेका छन्। 
      यसैगरी, नेपाली काङ्ग्रेस वडा न. १२ कार्य समिति उपसभापति राज कुमार मल्ल, सदस्यहरु नेत्रवहादुर थापा, धनबहादुर घर्ती, भुमिसरा घर्ती र रितसरा बिक पनि नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छ्न।
कार्यक्रममा दहचौर १२ कांग्रेस निकट युवा व्यवसायी रमेश कुमार मल्ल र गुर्भाकोट नगरपालिका नगर खेलकुद समितिका अध्यक्ष श्याम मल्ल पनि नेपाली कांग्रेस परित्याग गरि  नेकपा एमाले प्रवेश गरेका छन्।
    सुर्खेत जिल्लामा एमालेकाे सवैभन्दा कमजोर मानिएको गुर्भाकाेटमा अघिल्लोपटककाे स्थानीय तहकाे निर्वाचनमा एमालेले करिब २ हजार ९ सय  मतान्तरले पराजय व्यहाेरेकाे थियाे।
     कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकाे मुख्य आधार क्षेत्र गुर्भाकाेटमा कांग्रेस कमजोर वन्नुमा एमाले नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद धुर्वकुमार शाहीको प्रमुख हात भएको स्वयं कांग्रेसका नेताहरू नै वताउन थालेका छन्।
     यसैगरी, एमाले वलियाे हुँदै जानुमा केही महिना अघि नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका ठम्मरवहादुर विष्टकाे भूमिकासमेत महत्त्वपूर्ण रहेकाे स्थानीय एमाले कार्यकर्ताहरुकाे दाबी छ। स्थानीय तहकाे निर्वाचन घाेषणा भएपछि दुवै नेताले गुर्भाकाेटलाई केन्द्रीत गरि चुनावी अभियान सुरु गरिरहेका छन।
      “नेकपा माओवादी केन्द्रकाे संगठन तहसनहस भएको छ, कांग्रेसमा पनि पहिराे गएको छ। गुर्भाकाेट विजय गरेरै छाड्छाै,” एमाले नेता ठम्मर विष्टले भने। एमालेले आजपनि गुर्भाकाेटकाे गुमीमा पार्टी प्रवेश कार्यक्रमकाे आयाेजना गरेकाे र सयाैंकाे संख्यामा कांग्रेस र माओवादीवाट एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको विष्टले जानकारी दिए।
     हिजाे भएको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्वर १ का सांसद  ध्रुवकुमार शाही, कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य ठम्मर बिष्ट, नेकपा एमाले सुर्खेतका सचिव कबिन्द्रकुमार केसी लगायतकाे उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार