२०८३ वैशाख ८ , मंगलबार

एसइई परीक्षा दिएर फर्केकी किशोरीले गरिन् आत्महत्या



बझाङ। बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छन् । केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् ।

‘बिहान परीक्षा दिएर फर्केकी उनी बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्,’ डीएसपी भण्डारीले भने, ‘सुसाइट नोट पनि फेल परेको छ । त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ । तर कारण भने उल्लेख गरिएको छैन ।’

डीएसपी भण्डारीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या रोजेको हुनसक्ने प्रहरीको अनुमान छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्यनरत थिइन् । उनका बुबा उक्त विद्यालयका शिक्षक समेत हुन् भने उनी लेखक संघ बझाङका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २०८१ चैत १३ गते बुधबार