२०८३ वैशाख ८ , मंगलबार

राजावादीले गरे व्यक्तिका घरमा तोडफोड



काठमाडौँ । तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरमा तोडफोड गरेका छन् ।प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । यससँगै राजावादीको कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी हुन आएका नेताहरु कार्यक्रमस्थल छोडेर हिँड्न थालेका छन् ।

प्रकाशित मिति : २०८१ चैत १५ गते शुक्रबार