एकीकृत समाजवादी बागचौर नगर कमिटी वडा नं.९ का अध्यक्ष एवम् नेकपा एमाले कोटमौलाका संस्थापक नेता देवबहादुर डाँगी एमाले फर्केका छन्।
नेकपा एमालेका पाेलिटव्यूराे सदस्य गुलावजंग शाहले अध्यक्ष डाँगीलाई एमाले भित्र्याएका हुन। सल्यानमा स्थानीय तह निर्वाचनकाे मुखमा एकीकृत समाजवादी पार्टी छाेड्नेहरुकाे लर्काे लागेपछि समाजवादी पार्टी कमजोर वनेकाे स्थानीयहरु वताउँछन।
पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी पार्टीका वडा कमिटी सदस्यहरु रेशमबहादुर वली, रेशमबहादुर डाँगी, वडा कमिटी सदस्य तिलक केसी, नन्दाराम डाँगी, खगेन्द्र डाँगी, भिमप्रसाद डाँगी बिमल डाँगी डम्बर डाँगी लगायतका कार्यकर्ताहरु एमाले फर्केकाे शाहले जानकारी दिएका छन्।
प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार