२०८३ वैशाख ५ , शनिबार

रुकुम पश्चिममा माओवादीका दुई समूह बीच भीडन्त, ३ जना घाइतेलाई काेहलपुर ल्याईयाे



रुकुम पश्चिममा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका वडा नंवर १, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली समूहका बीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज बिहान दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि घाइते तीन जनालाई नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार