सिम्ता गाउँपालिका वडा नं ५ आली निवासी शालीन र भद्र स्वभावका एमाले नेता ऐन बहादुर चन्द सिम्ता गाउँपालिकाको अध्यक्ष पदमा एमालेकाे तर्फबाट उम्मेदवार बनेका छन्। विद्यार्थी राजनीतिवाट उदाएका चन्दले २०४७ सालमा नेकपा एमाले पार्टीकाे सदस्यता प्राप्त गरेका थिए।
२०५१ सालमा अनेरास्ववियू सुर्खेतको जिल्ला अध्यक्ष बनेका चन्दले २०५३ सालमा भएको स्ववियु निर्वाचनमा शिक्षा क्याम्पस सुर्खेतकाे स्ववियू सचिवमा बिजय बने। यसैगरी २०५४ सालमा उनी अनेरास्ववियु भेरी अञ्चल सचिवमा चयन भई काम गरे ।
जिल्ला अञ्चल हुँदै २०५५ मा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य भएका चन्दले २०५६ सालदेखि नेकपा एमाले ईलाका कमिटी सचिवको जिम्मेवारी सम्हाले । राजनीतिक उतार-चढाबका बीच उनी २०५९ देखि २०७८ सम्म लगातार नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सदस्य पदमा रहेर काम गरे ।
राजनीतिसंगै २०७८ मा चन्दलाई नेपाल सरकारले भूमि सम्वन्धि समस्या समाधान आयोग सुर्खेतकाे अध्यक्षमा नियुक्त गर्याे। छाेटाे समयमा उनलेे सुर्खेतको सवै पालिकाका सुकुम्बासी / भूमिहीन र अव्यवस्थित बसाेवासीहरुकाे लगत संकलन गरि पूर्जा वितरण गर्न सकिने सम्मकाे अवस्थामा ल्याई पुर्याए। सरकार परिवर्तनसंगै सरकारले आयाेग विघटन गरि अर्को आयाेग गठन गरेको छ।
चन्द अहिले नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य बनेका छन् । ईमानकाे राजनीति गर्ने नेताका रुपमा चिनिने चन्दलाई एमाले वृतमा पदका लागि कसैसँग सम्झौता नगर्ने अडान भएका नेता भनेर चिन्दछन। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विवादमा नआएका र सिम्ता क्षेत्रमा पार्टी भित्र सर्वस्वीकार्य नेताका रुपमा दरिदैं पालिकाकाे अध्यक्ष पदमा टिकट पाएका छन्। उनलेे आफु अध्यक्ष पदमा निर्वाचित भएपछि सिम्ता गाउँ पालिकाको मुहार फेर्ने गरि लाग्ने प्रतिवद्धता जनाएका छन्।
अध्यक्ष पदका उम्मेदवार चन्दले निर्वाचित भएपछि पूर्वाधार निर्माण तथा भौतिक विकाससंगै सामाजिक विकासलाई प्राथमिकता दिने वताएका छन्।
यसैगरी, समृद्ध सिम्ता सुखी सिम्तालीको नारालाई सफलीभुत बनाउने, दलिय व्यवस्था अनुरुप शासन प्रक्रिया संचालन गर्ने, लोकतान्त्रिक मुल्यमान्यता अनुरुप विधिको शासनको अनुभुति गराउने चन्दले प्रतिवद्धता जनाएका छन्।
सुशासन, पारदर्शीता र जनउत्तरदायी सरकार बनाउने वनाउने लक्ष्य राखेका चन्दले सामाजिक समावेशीकरण सुरक्षा र लैङगिक विभेद न्यूनिकरण जस्ता क्षेत्रमा आगामी ५ वर्षमा उल्लेखनीय काम गर्ने प्रतिवद्धता जनाएका छन्।
प्रकाशित मिति : २०७९ वैशाख २२ गते बिहीबार