
सुर्खेत १०, असोज
राष्ट्रिय प्रजातन्त्र पाटीको युवा संगठनका केन्द्रीय सदस्य मनिष गहतराज सहित वीरेन्द्रनगरमा ठूलो संख्यामा युवाहरु आज नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।
करिब २ सय जना विभिन्न पाटी परित्याग गरेर नेकपा प्रवेश गर्नेहरुलाई नेकपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सह–ईन्चार्ज यमलाल कडेलले स्वागत गरेका थिए । मनिषसंगै वीरेन्द्रनगरका कुमार महतरा, किरणकुमार वैगार, रितेश घताने, सागर रावल, प्रकाशसिं ठकुरी, सुनिल केसी लगायत १९८ जना तरुण दल र अन्य संगठन गरि नेकपा प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह–ईन्चार्ज यमलाल कडेलले आफ्नो पार्टी समकालीन पार्टीहरु मध्ये उत्कृष्ट भएको दावी गरे । ‘नेकपालाई राम्रै पार्टी ठानेर आएकामा धन्यवाद छ,’ हलमा खचाखच भरिएका नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै पूर्वमन्त्री समेत रहेका कडेलले भने, ‘जसरी रातो टीका लगाउन सजिलो छ, यसलाई लामो समयसम्म टिकाउन गाह्रो छ ।’

काम गरे छोटो समयमै नेता वन्न सकिने भन्दै नेता कडेलले अब पहिले जस्तो लामो समय कुर्नु नपर्ने वताए । नराम्रो गर्न कसैले सिकाउनु नपर्ने र राम्रोको लागि सिक्न गाह्रो हुने भन्दै युवाहरु कुलतमा लाग्न नहुने तर्फ सचेत गराए ।
करिब २ सय नव प्रवेशीहरुलाई पार्टी प्रवेशको टीका लगाईसकेपछि वोल्दै कडेलले युवाहरुलाई भेरी नदी जस्तै वन्न र ईत्राम खोला जस्तो वर्षामा मात्रै नगड्गडाउन सुझाव दिए । आफुहरु वुढो पात जस्तै भएकोले राजनीतिवाट विदा लिने दिन टाढा नरहेको तर्फ उनले संकेत गरे । यस्तो अवस्थामा नव प्रवेशीहरुले नेकपा पार्टी धान्नु पर्ने अवस्था आउने वताए ।
नेकपाका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला ईन्चार्ज नरवहादुर विष्टले नेकपाको विचारलाई वोकेर हिड्दा कहिकतै असफल नभईने वताए । उनले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै दक्षताका आधारमा यथोचित जिम्मेवारी दिईने ढाडस दिलाए ।
नेकपा वीरेन्द्रनगर कमिटीका अध्यक्ष गंगाराम तिमिल्सिनाले देशलाई वदल्ने ताकत युवाहरुमा हुने भन्दै एकतावद्द युवा अहिलेको आवश्यक्ता भएको वताए । आगामी दिनमा पाईलाहरु नधर्मराउन र सानातिना वेमेलमा चित्त नदुखाई अघि वढ्न पार्टी प्रवेश गर्नेहरुलाई अनुरोध गरे ।
राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य गणेशमान खनालले पाटी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिईने बताए । नवप्रवेशीहरुको तर्फबाट भनाई राख्दै मनिष गहतराजले नेकपा अब आफुहरुको पनि पाटी भएको वताए । उनले आफुहरुको टिम नेकपालाई अझै वलियो वनाउन आएको उल्लेख गरे ।
राष्ट्रिय युवा संघ सुर्खेतका अध्यक्ष पदमबहादुर वनको सभापतित्वमा भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य अमृत विसी, जिल्ला कमिटी सदस्य कुलमणि देवकोटा, मोहन वडुवाल, धनश्याम पाण्डे लगायतका नेकपा सुर्खेतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।