वीरेन्द्रनगर कै मुटुमा रहेको मंगलगढी नजिक गएराति दुईवटा गाडी जलाईएकाे छ। हाेटल सत्कार अगाडि पार्किङ गरेर राखिएको एउटा स्कारपियाे र सेन्चुरी वैककाे शाखा नजिक पार्किङ गरेर राखिएको अर्काे मिनीवसमा पनि आगाे लगाईएकाे छ।
नेकपा माओवादी केन्द्रकाे प्रचारमा रहेको वा १४ च ६८३१ स्कर्पियाे गाडीमा राति १२: ३० वजे र नेकपा एमालेकाे प्रचारमा रहेको कर्णाली प्रदेश ०२- ००१ ख ००६१ नंवरकाे एसएमएल मिनीबसमा राति २ वजेतिर आगाे लगाईएकाे घटनास्थलमा सुरक्षा दिईरहेका एक सुरक्षाकर्मीले जानकारी दिए।
महिन्द्रा कम्पनीको स्कार्पियाे गाडीकाे पछिल्लो टायर र टायर कभरमा आगलागीवाट क्षति पुगेको छ। मिनीवसकाे सिसा खाेलेर गाडी भित्र आगाे लगाईएकाे थियोे। आगलागीवाट गाडी भित्रका सवै सिटहरु जलेका छन् । पेट्रोल छर्केर आगजनी गरिएको स्थानीयहरुकाे भनाइ छ। प्रहरी र स्थानीयहरुले गाडीमा लागेको आगाे निभाएका थिए।
सत्कार हाेटल अगाडिकाे स्कारपियाे गाडीमा आगाे लगाउँदै गर्दा प्रहरीले देखी आगाे लगाउनेलाई लखेटेकाे थियो। प्रहरीले केही समय आगाे लगाउनेलाई लखेटेकाे थियाे। “रातिको समय भएकोले छाेप्न सकिएन,” घटनास्थल सुरक्षा दिईरहेका एक प्रहरीले लाचारी व्यक्त गरे।
एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले वीरेन्द्रनगर वजारकाे मुटुमा आगलागी हुनु निकै गम्भीर विषय भएको वताए। सुनियोजित रुपमा आगलागी भएको उनको भनाइ छ।
आगलागी गर्नेकाे खाेजी भैरहेको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमवहादुर विष्टले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिईएकाे जानकारी दिए। घटनास्थल वरपरका सिसी क्यामेराहरुकाे पनि अध्ययन भैरहेकाे उनलेे जानकारी दिए।
प्रकाशित मिति : २०७९ वैशाख २४ गते शनिबार