वीरेन्द्रनगर नगरपालिका वडा नं १६ गर्पनमा एमालेकाे चुनावी सभा शनिबार सम्पन्न भएको छ । नेकपा एमाले सुर्खेतका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख वक्ता अमृतकुमार विसीले सभालाई संवाेधन गर्दै देशकाे विकासको लागि वजेट हाेईन व्यवस्थापनकाे खाँचाे भएको वताएका छन् । नेकपा एमालेले गरेका लाेक कल्याणकारी कामहरुकाे चर्चा गर्दै विसीले मनमाेहन अधिकारीले १ सय रुपैयाँवाट सुरु गरेको बृद्धभत्ता केपी ओली नेतृत्वको सरकारले ४ हजार पुर्याएकाे वताए। वेसहारा वनेकाहरुकाे बृद्धभत्ताकै कारण मुहारमा खुसी छाएको उनको भनाइ थियाे ।
एकल महिला, अशक्त, असहाय लगायतका भत्ता आफ्नाे पार्टीले सुरुवात गरेको भन्दै यसैकाे कारण एमाले पार्टी जनप्रिय भएको वताए । गर्पनमा एमाले विगतको भन्दापनि झनै शक्तिशाली भएको आफुले महसुस गरेको अध्यक्ष विसीकाे भनाइ थियाे ।
एमाले अध्यक्ष विसीले एमाले पार्टीले सुरु गरेकाे आफ्नाे गाउँ आफ्नाे वनाऊ भन्ने कार्यक्रमका कारण जनताको घरघरमा वाटाे, वत्ती र टेलिफोन पुगेको र केपी ओली सरकारमा आएपछि ठूलाठूला पूर्वाधारका योजनाहरु सुुरु भएको उनको भनाइ थियोे। रेलमार्ग, सुरुङ मार्ग, जलमार्ग एमालेकाे याेजना भएको भन्दै चीनवाट रेल ल्याउने पार्टीको याेजना एक दशकभित्रै पूरा हुने उनलेे दाबी गरे ।
कांग्रेसकाे संगठन ध्वस्त भएकोले देशभर एक्लै लड्ने अवस्थामा नभएकोले ५ दलको सहारामा हिड्न थालेको उनलेे आराेप लगाए। अध्यक्ष केपी ओलीकाे सपना अनुसार सुखी नेपाली, समृद्ध नेपालकाे अभियान एमालेले सुरु गरेको अध्यक्ष विसीले जानकारी दिए ।
पार्टी केन्द्रीय सदस्य एवम् मेयर पदका उम्मेदवार माेहनमाया ढकालले वडा नं १६ मा फलफूल खेतीकाे याेजना ल्याईने वताए । आफु निर्वाचित भएपछि पक्की सडक, विद्युतिकरण र युवा स्वराेजगार/राेजगारका याेजनाहरु ल्याईने प्रतिवद्धता जनाए ।
उपमेयर पदका उम्मेदवार निलकण्ठ खनालले कार्यकर्ताहरुलाई मतपेटिका वीरेन्द्रनगरकाे मतगणना स्थलसम्म नपुर्याउदासम्म चनाखो रहन आग्रह गरे। उनलेे आफुले पार्टीले वनाएकाे घाेषणापत्र अनुसार ईमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।
सभामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् वडा नं १६ वाट अध्यक्षका उम्मेदवार डण्डवहादुर विकले वडा नं १६ मा कम्तीमा ३ सय मतान्तरले कांग्रेसलाई हराउने ठाेकुवा गरे। जनताले सूर्य चिन्हमा लगाएको मतवाट वृद्धभत्ता र खरका छाना फेर्न सकिएको उनलेे दाबी गरे।
नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सदस्य कालिप्रसाद आचार्यले याे लडाइँ पार्टी भित्रकाे आन्तरिक नभई कांग्रेससंगकाे लडाइँ भएकाेले पार्टीको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि खगेन्द्र राना, गंगा छन्तेल, डिलसरी राना, टेकबहादुर गैरे लगायतका व्यक्तिहरु एमाले प्रवेश गरेका थिए। वडा कमिटी अध्यक्ष भुपेन्द्र ज्ञवालीकाे अध्यक्षतामा भएको कार्यक्रममा एमालेका विभिन्न कमिटी र जनवर्गीय संगठनका नेताहरुले सम्वाेधन गरेका थिए।