२०८३ वैशाख ८ , मंगलबार

वर्षापछि आएको बाढीले श्रीनगर बजारमा क्षति



हुम्ला । अविरल वर्षापछि आएको बाढीले हुम्लाको श्रीनगर बजारमा ठूलो क्षति पुर्‍याएको छ । बिहीबार बिहानदेखि परेको वर्षाका कारण आएको बाढीले अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा ठूलो क्षति पुर्‍याएको हो ।

यद्यपि, क्षतिको विवरण भने आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार अहिले घटनास्थलमा स्थानीय र प्रहरीको सहायताले उद्दार तथा क्षतिको एकीन विवरण संकलन भइरहेको छ ।

उनका अनुसार अदानचुली गाउँपालिका-३ का आइते बुढाको बाख्राको गोठ भत्किँदा २६ बाख्रा मरेका छन् भने ११ घर र एक पसलमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ४ गते बिहीबार