२०८३ वैशाख ८ , मंगलबार

खोलामा डुबेर बेपत्ता भएका युवकको शव भेटियो



दाङ । दाङको अर्जुन खोलामा डुबेर बेपत्ता भएका लमही नगरपालिका–५ का २२ वर्षीय चेतराज चौधरीको आज बिहान शव भेटिएको छ । हिजो दिउँसो साथीसँग नुहाउन खोलामा गएका चौधरी डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता लगत्तै खोजी थालेको सुरक्षाकर्मीको टोलीले हिजो अबेरसम्म फेला नपरेपछि आज बिहानैदेखि पुनः खोजी कार्य थालेको थियो । बिहान ९ बजेतिर चौधरीको शव भेटिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख धर्म खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार