२०८३ वैशाख ५ , शनिबार

पञ्चपुरीमा प्रमुख अतिथि परिवर्तन भएपछि कांग्रेस नेता थानी आधा बाटाेबाटै फर्के



  सुर्खेतको पंचपुरी नगरपालिकामा सम्वाेधन गर्न गएका नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानी आधा बाटोवाटै फर्केका छन्।
नेपाली कांग्रेस पंचपुरी नगर समितिले आयाेजना गरेको अन्तिम चुनावी सभालाई सम्वाेधन गर्न अघिल्लो दिन नै थानीलाई निमन्त्रणा गरिएको थियाे। साे वमाेजिम हिजोदेखि नै थानी प्रमुख अतिथि हुने भनी माईकिङ गरेर व्यापक प्रचार-प्रसार गरिएको थियाे।
तर, आज बिहान ९ वजेदेखि भने थानीलाई प्रमुख अतिथिवाट हटाई कांग्रेस उपसभापति प्रमुख अतिथि हुने सूचना गरियाे। थानी पक्षीय कार्यकर्ताहरुले तत्काल यसको जानकारी थानीलाई गराएपछि पंचपुरी जान हिडेका थानी आधा बाटाेवाट फर्केकाे थानी निकट श्राेतले जनायाे।
नेपाली कांग्रेसको सुभेच्छुक संस्था ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश सदस्य नारायण खरेलले हृदयराम थानीलाई प्रमुख अतिथि भनेर निम्तो दिईसकेपछि फेरि परिवर्तन गर्नु ठूलो अपमान भएको वताए। “आज विहान ९ वजेसम्म २ सयकाे हाराहारीमा माेटरसाईकल र्यालीमा दुवै टिमका साथीहरू सहभागी भएको र त्यसपछि प्रमुख अतिथि परिवर्तन गरिएको सूचना गरियाे। पार्टी एकढिक्का हुनेभयाे भनी खुसी भएका हामी एकाएक निराश भयाै। त्यसको बिराेध गर्दै प्रमुख अतिथि अपमानजनकरुपमा परिवर्तन भए आफ्नाे समूह सभामा उपस्थित नहुने चेतावनी दिएका थियौँ,” उनलेे भने।
खरेलले आफ्नाे समूहका साल्काेटका २ जना नेता मंचमा समयमै सूचना नपाएकोले गएको र अन्य कुनैपनि नेता मंचमा नगएको प्रतिकृया दिए। आफ्नाे समूह र नेताकाे अपमान भएको महसुस गरि कम्तीमा ३० प्रतिशत कार्यकर्ताहरुले सभास्थल छाेडेर हिडेकाे खरेलले जानकारी दिए।
चर्काे गुटवन्दी गरेर आफ्नाे समूहका सिनियर नेताहरुलाई पार्टी अधिवेशन र स्थानीय तहकाे निर्वाचनकाे टिकट वितरणमासमेत पाखा लगाईएकाे भन्दै खरेलले आक्रोश पाेखे।
यसवारेमा थप वुझ्न खाेज्दा नेता हृदयराम थानीले प्रतिकृया दिन चाहेनन्। महाधिवेशनवाट बिग्रेको नेपाली कांग्रेस सुर्खेत भित्रकाे विवाद उपसभापति खड्का समूहले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा एकलौटी गरेपछि झन चरमाेत्कर्षमा पुगेको छ।

प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार