२०८३ वैशाख ५ , शनिबार

उपसभापति खड्काकाे व्यस्तता : एकैदिन सिम्ता, सल्लीवजार, गुर्भाकाेट र बाबियाचाैरका सभालाई सम्वाेधन



    नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत र सल्यानमा भएका चुनावी सभाहरुलाई सम्बोधन गरेका छन् ।  खड्काले पूर्वी सुर्खेतको सिम्ता, गुर्भाकोट, बावियाचौर र सल्यानको सल्लिबजारमा आयोजित चुनावी सभाहरुलाई मंगलबार सम्बोधन गरेका हुन् ।
गुर्भाकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि गठवन्धन तयार भएको उल्लेख गरे । ‘प्रतिगमनकारी कदम, गणतन्त्र विरोधी, लोकतन्त्र र संविधान विरोधी कदमलाई रोक्न कै लागि गठवन्धन भएको हो,’ खड्काले भने, ‘नेकपा एमालेमा व्याप्त प्रतिगमनलाई सहन नसकेर एमाले पार्टी फुटाएर एकिकृत समाजवादी पार्टी बनाउनु भएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको गठवन्धनको सरकार बन्न पुगेको स्मरण गराउन चाहान्छु ।’
नेपाली कांग्रेस पार्टीले गठबन्धन नबनाएको स्पष्ट पार्दै खड्काले भने ‘गठवन्धन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार, घमण्ड, संविधान, गणतन्त्र तथा लोकतन्त्र विरोधी गतिविधी संस्थागत गर्दै लोकतन्त्रको आधार स्तम्भलाई जोगाउन बनेको हो ।’
जनताका सदिऔंदेखि तोकिएका अधिकारलाई कुण्ठित गर्ने काम एमाले अध्यक्ष ओलीले सुरु गरेको आरोप उपसभापति खड्काले लगाए । गठवन्धन कुनै उम्मेदवारलाई जिताउन नभई संविधानको रक्षाका लागि भएको उनको तर्क गरे। भन्दै गठवन्धनका उम्मेदवारलाई मतदान गर्न उनको छ । गठवन्धनको खिलाफमा जाने उम्मेदवारहरुलाई कांग्रेसले पार्टीबाट निस्कासन गर्ने उनलेे चेतावनी दिए ।
सुर्खेतको सिम्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले सिम्ताकाे विकासका लागि आफू सधैं प्रतिवद्ध रहेको बताए । उनले भने ‘नेपाली कांग्रेसलाई टर्च बालेर खोज्नु पर्छ भन्ने एमाले अध्यक्ष ओली अहिले सडकमा भौतारी रहनु भएको छ ।’ मुलुकमा अमन चयन कायम गर्दै ७० वर्षदेखिको त्यागबाट बनेको संविधान र लोकतन्त्रको रक्षाका लागि गठवन्धन भएको उनको दावी थियाे ।

प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार