नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभासहितको शक्ति प्रदर्शन गरेको छ। मंगलबार स्थानीय मंगलगढीबाट सुरु भएको बृहत र्यालीसहितकाे चुनावी सभा गरेको हो।
नेता तथा कार्यकर्तासहितको र्यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरी स्थानीय पिपल चौतारामा सभाकाे आयाेजना गरेकाे थियो। चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले अन्य पार्टीका लागि पिपलचाैतारा ठूलो भएपनि एमालेका लागि टुडिखेल पनि सानो हुने वताए। जनप्रदर्शनले एमाले विजयी भैसकेको उनको दाबी थियाे। स्थानीय चुनावलाई नेकपा एमालेले अवसरका रुपमा लिएको उनको भनाइ थियोे।
नेता कँडेलले सत्तामा भएका दलहरुले चुनाव सार्ने योजना बनाएको भएपनि आफ्नाे पार्टी र जनताले त्यो योजना पूरा हुन नदिएको बताए।
चुनावी सभालाइ कँडेलसहित केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावत, नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल, उपप्रमुखका उम्मेदवार निलकण्ठ खनाल, जिल्ला अध्यक्ष अमृत बिसी लगायतले सम्बोधन गरेका थिए।
प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार