२०८३ वैशाख ५ , शनिबार

एक्कासि परेकाे पानीले वीरेन्द्रनगर डुवानमा, राजमार्ग आसपासका क्षेत्र जलमग्न



       सुर्खेतकाे वीरेन्द्रनगरमा आज विहान भएकाे भारी वर्षाका कारण धेरै घर डुवानमा परेका छन्। वर्षातकाे पानीकाे सजह निकास नभएकाेले सुर्खेत जुम्ला सडक आसपासका घरहरु प्रभावित भएका हुन।
वर्षापछि जम्मा भएको पानी (भल)ले वीरेन्द्रनगर वजार, एरिचाेक, खजुरा, एयरपोर्ट चाेक, पिपिरा चाेक आसपासका घरमा पानी पसेकाे थियोे।
वर्षातकाे भल पसलभित्र पसेपछि वीरेन्द्रनगर ८ मा झरना देवकोटाले संचालन गरेको झरना सपिङ्ग सेन्टरका फेन्सी सामानहरु कामै नलाग्ने गरि बिग्रेका छन्। हिलाे माटाेसहितकाे भल पसलको ४ फिट माथिसम्म पुगेको संचालक देवकोटाले वताए।
वीरेन्द्रनगर नगर पालिकाले व्यवस्थितरुपमा ढल निकासकाे प्रबन्ध नगरेको भन्दै स्थानीयहरु आक्राेशित छन्।

प्रकाशित मिति : २०७९ वैशाख २९ गते बिहीबार