सुर्खेतको वीरेन्द्रनगरमा आज भैरहेको स्थानीय तहकाे निर्वाचन अहिलेसम्म शान्तिपूर्ण रुपमा चलिरहेको छ।
वीरेन्द्रनगर १ काे दिपमाला आधारभुत विद्यालय आपडालीकाे २ हजार ४ सय २५ मत मध्ये अहिले विहान ११ वजेसम्म ६ सय मत खसिसकेकाे निर्वाचन अधिकृत भेषवहादुर थापाले जानकारी दिए।
वर्षाकाे संभावनालाई मध्येनजर गर्दै उचित प्रवन्ध गरिएको उनले वताए।
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार